भारतमा एकै दिन ८ हजार ९ सय ९ जना कोरोना संक्रमित थपिएका छन्। २४ घन्टामा संक्रमित थपिएको यो सबैभन्दा ठूलो संख्या हो। कोरोनाका कारण विश्वका सबैभन्दा खराब मुलुकहरुको सूचीमा सातौ स्थानमा छ भारत।
भारतमा कोरोना संक्रमितको संख्या २ लाख ७ हजार ६ सय १५ पुगेको छ। भारतमा एकै दिन ८ हजारभन्दा बढी संक्रमित भेटिएको यो चौथो पटक हो।
भारतमा १ लाख ३ हजार २ जना मानिस कोरोनाबाट ठीक भइसकेका छन्। यो कूल संक्रमितको ४८.३१ प्रतिशत हो।
भारतको महाराष्ट्रमा २ हजार ४ सय ६५ जना नयाँ संक्रमित भेटिएपछि त्यहाँ संक्रमितको संख्या ७२ हजार ३ सय पार भएको छ। मुम्बई सबैभन्दा प्रभावित शहर बनेको छ भारतको।
तामिल नाडूमा संक्रमितको संख्या २४ हजार ५ सय ८६ पुगेको छ। दिल्लीमा पनि संक्रमितको रफ्तार बढिरहेको छ। दिल्लीमा २२ हजार १ सय ३२ जना संक्रमित छन्। गुजरातमा १७ हजार ६ सय १७ जना मानिसमा संक्रमण पुष्टि भएको छ।