PahiloPost

May 14, 2025 | १ जेठ २०८२

कैलालीमा छोरीलाई जबरजस्ती गर्ने बाबु पक्राउ



एम बम

कैलालीमा छोरीलाई जबरजस्ती गर्ने बाबु पक्राउ

कैलाली : कैलालीमा १३ वर्षीया बालिकालाई जबरजस्ती यौन दुराचार गरेको आरोपमा उनका बाबु पक्राउ परेका छन्।

जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ५ मा १३ वर्षीया छोरीलाई करणी गरेको आरोपमा ४५ वर्षीय बाबुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय फल्टुडेका प्रमुख प्रहरी निरीक्षक माधव विश्वकर्माले भासु जंगलमा हातखुट्टा बाधेर छोरीलाई जबरजस्ती गरेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको बताए। उनलाई सहजपुरको जंगलबाट भागिरहेको अवस्थामा मंगलबार पक्राउ गरिएको प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिए।

छोरीलाई घरमासमेत पटक पटक करणी गर्दै आएका उनले भासु जंगलमा रुखमा हातखुट्टा बाँधेर समेत जबरजस्ती गरेको उजुरी पीडित किशोरीले दिएको प्रहरीले जनाएको छ।

उनले छोरीलाई अरुलाई भनेमा ज्यान मार्ने धम्की समेत दिँदै आएको खुलेको छ। उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइने प्रहरी निरीक्षक विश्वकर्माले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell