सुर्खेत : कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। नयाँ संक्रमितमध्ये सल्यानका दुई जना पुरुष, दैलेखका ७ जना पुरुष, कालिकोटमा चार महिने शिशु र एक महिला सहित ७ जनामा संक्रमण पुष्टि भएको हो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा चार महिने शिशुसहित १३ जना नयाँ संक्रमित पुष्टि भएका हुन्। बाँकी तीन जनाको सुर्खेतस्थित कर्णाली प्रदेशमा सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गरिएको हो।
कोरोना भाइरस संक्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।
कर्णाली प्रदेशमा सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जम्मा दुई सय ७८ जनामा संक्रमण पुष्टि भएको छ। कर्णालीमा संक्रमतिको संख्या दुई सय ६६ पुगेको छ भने, सुदुरपश्चिमको बझाङ र बाजुरामा एक/एक र अछामका १० जनाको पनि कर्णालीमा परीक्षण गरिएको छ। यसअघि दैलेखका एक जना संक्रमितको मृत्यु भइसकेको छ।