PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

'चालकलाई नै कोरोना लागेको भए पनि रेस स्थगित हुँदैन'



पहिलोपोस्ट

'चालकलाई नै कोरोना लागेको भए पनि रेस स्थगित हुँदैन'

यदि चालकलाई नै कोभिड १९ सङ्क्रमण पाइए पनि फर्मुला वानको रेस स्थगित नहुने एफवानका कार्यकारी निर्देशक चेज केयरीले बताएका छन्।

अस्ट्रियामा ५ जुलाईबाट सुरु हुने रेसको क्यालेन्डर प्रकाशनसँगै केयरीले यस्तो प्रतिकृया दिएका हुन्। कोभिड १९ ले विश्वभरको खेलकुदलाई प्रभावित पारिएको र अझै सङक्रमण बढिरहेको अवस्थामा उनको यस्तो भनाइ आएको हो।

यसअघि १५ मार्चमा अस्ट्रेलियामा तय गरिएको रेसमा एकजनामा कोरोना टेस्ट पोजेटिभ पाइएपछि रेस स्थगित भएको थियो।

'एक ब्यक्तिमा कोरोना सङ्क्रमण पाइएको आधारमा रेस स्थगित हुँदैन।' फर्मुलावान डटकमसँगको अन्तर्वार्तामा केयरीले भनेका छन्।

उनले टिममा कोही संक्रमित भेटिएको खन्डमा उसलाई क्वारेन्टाइनमा पठाएर अर्को सदस्यद्वारा उसलाई प्रतिस्थापन गर्न सक्ने गरी तयार रहन पनि उनले उल्लेख गरेका छन्।

संसोधित क्यालेन्डर अनुसार सन् २०२० का लागि १२ वटा रेस तय गरिएको छ। अरु खेलहरु जस्तै एफवानमा पनि दर्शकहरु रहने छैनन् र खेलाडी तथा अफिसियलहरुको आवतजावत लगायतका विषयमा विशेष स्वास्थ्य सतर्कता अपनाउने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell