PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

सिन्धुपाल्चोकमा भारतबाट फर्किएका ५ जनामध्ये एकमा कोरोना, चारको रिपोर्ट नेगेटिभ



पहिलोपोस्ट

सिन्धुपाल्चोकमा भारतबाट फर्किएका ५ जनामध्ये एकमा कोरोना, चारको रिपोर्ट नेगेटिभ
PHOTO : AP

काठमाडौं : सिन्धुपाल्चोकमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भारतबाट फर्किएका इन्द्रावती गाउँपालिका वडा नम्बर १० का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका एक अधिकारीले जानकारी दिए।

उनी जेठ १३ गते भारतबाट मेलम्ची आइपुगेका थिए। उनीसहित पाँच जनालाई क्वारेन्टाइनमा राखिएको थियो।

उनीसँगै भारतबाट आएका अन्य चार जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। उनीहरुको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो। रिपोर्ट बुधवार आएको हो।

यससँगै सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या दुई पुगेको छ। यसअघि बाह्रबिसे नगरपालिका–९, राम्चेकी सुत्केरी महिलाको मृत्युपछि संक्रमण पुष्टि भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell