PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

चिनियाँ अनुसन्धानकर्ता भन्छन् : भारतमा दैनिक १५ हजार थपिने दिन आउँदैछ



पहिलोपोस्ट

चिनियाँ अनुसन्धानकर्ता भन्छन् : भारतमा दैनिक १५ हजार थपिने दिन आउँदैछ

भारतमा यही महिनाको मध्यदेखि दैनिक १५ हजार नयाँ कोरोना संक्रमित फेला पर्ने चिनियाँ अनुसन्धानकर्ताले सार्वजनिक गरेका छन्। उत्तरपूर्वी चीनको गान्सु प्रान्तको लनझाउ विश्वविद्यालयका अनुसनधानकर्ताले १ सय ८० मुलुकको दैनिक संक्रमितबारे प्रक्षेपण गरेको हो।

अनुसन्धानकर्ताले जुन २ मा भारतमा ९ हजार २ सय ९१ संक्रमित भेटिने प्रक्षेपण गरेका थिए। भारतको आधिकारिक तथ्याङ्क आउँदा यो संख्या थोरैलेमात्र बढी देखियो। जुन २ मा भारतमा ८ हजार ९ सय ९ संक्रमित भेटिए।

अनुसन्धान रिपोर्टअनुसार अब भारतमा क्रमश: ९ हजार ६ सय ७६, १० हजार ७६, १० हजार ४ सय ९८, १० हजार ९ सय ३६ हरेक दिन नयाँ संक्रमित थपिनेछन्।

गत शुक्रवार भारतमा ७ हजार ४ सय ६७ जना संक्रमित भेटिएका थिए। चिनियाँ अनुसन्धानकर्ताले ७ हजार ६ सय ७ संक्रमित भेटिने प्रक्षेपण गरेका थिए।

जुन १५ देखि हरेक दिन १५ हजार नयाँ संक्रमित थपिने प्रक्षेपण गरिएको हो।

अनुसन्धानमा अमेरिका लगातार ३० हजार नयाँ संक्रमित थपिने तथार युरोपेली मुलुकहरुमा क्रमसंख्या नयाँ संक्रमितको संख्या घट्दै जानेछ।

चिनियाँ अनुसन्धानकर्ताले अनुसन्धानक तथ्याङ्क कसरी तयार गरिरहेको हो भन्ने चाहिँ खुलाएका छैनन्। 'भाइरसको फैलावटलाई जनसंख्या, क्वारेन्टाइनको अवस्था लगायत वातावरणीय प्रभाव लगायतका आधारमा विश्लेषण गरिएको हो,' अनुसन्धानमा जुटेका हुवाङ जिनपिङले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell