PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

बेलायतमा रहेका अस्वेत र एसियन कोरोनाबाट मर्नसक्ने जोखिममा धेरै



पहिलोपोस्ट

बेलायतमा रहेका अस्वेत र एसियन कोरोनाबाट मर्नसक्ने जोखिममा धेरै

बेलायतमा रहेका एसियाली मुल र अस्वेतहरु कोभिड-१९ बाट मर्ने जोखिममा बढी रहेका छन्। बुधवार सार्वजनिक गरिएको एक अध्ययनले बेलायतमा रहेका एसियाली र अस्वेत कोरोना भाइरसको संक्रमणका कारण मर्ने सम्भावना बढी देखिएको हो।

बेलायतको जनस्वास्थ्य कार्यालयले यसअघि जारी गरेको रिपोर्टमा सीमान्तकृत समूदाय बढी प्रभावित हुने देखिएको थियो। त्यसैअनुसार नीति अवलम्बन गर्न भनिएको थियो। पछिल्लो रिपोर्टले अस्वेत र एसियाली मुलका मानिसलाई सुरक्षित राख्नुपर्ने सुझाव दिएको हो।

बेलायती भन्दा बंगलादेशी दोब्बर जोखिममा रहेको अध्ययनले देखाएको छ। चिनियाँ, भारतीय, पाकिस्तानी र अन्य एसियाली मुलका मानिसहरु तथा क्यारेबियन र अस्वेत समूदायका मानिसमा १० देखि ५० प्रतिशतसम्म बढी जोखिम देखिएको छ।

अमेरिकामा पनि अस्वेतको संख्या अधिक छ कोरोनाका कारण मर्नेमा।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell