PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

एमसीसीविरुद्ध तात्यो माइतीघर : ‘एमसीसी चाहिँदैन देश बेच्न पाइँदैन, राष्ट्रघाती सम्झौता खारेज गर’

एमसीसीविरुद्ध तात्यो माइतीघर : ‘एमसीसी चाहिँदैन देश बेच्न पाइँदैन, राष्ट्रघाती सम्झौता खारेज गर’

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: नेपाल र अमेरिकाबीच भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन भएको छ। बुधवार अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)ले नाराबाजीसहित प्रदर्शन गरेको हो।

प्रदर्शनकारीले ‘एमसीसी चाहिँदैन देश बेच्न पाइँदैन, राष्ट्रघाती सम्झौता खारेज गर, के चाहन्छन् जनता? स्वाभिमान र स्वाधिनता, अमेरिकी साम्राज्यवाद मुर्दावाद’ जस्ता नारा लगाइका थिए।

एमसीसीबारे सत्तारुढ नेकपामा विवाद भइरहँदा सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेपछि प्रदर्शन चर्किएको छ। एमसीसीविरुद्ध आजकल माइतीघर मण्डलामा दिनहुँ प्रदर्शन भइरहेका छन्।

साथै पानीको फोहरा लगायत आवश्यक तयारीसहित सुरक्षाकर्मीको मण्डलामा बाक्लो उपस्थिति हुने गरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell