धनगढी : सुदूरपश्चिममा आज थप ५ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप पाँच जनामा कोरोना पुष्टि भएको हो। यससँगै सुदूरपश्चिममा संक्रमितको सङ्ख्या ७८ पुगेको छ।
धनगढीमा गरिएको परीक्षणमा कैलालीका तीन र डोटीका २ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पचालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ५१ वर्षीय पुरुष, गौरीगंगा नगरपालिकाका २० र २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। यस्तै डोटीका पूर्वीचौकी ४ का २३ वर्षीय र पूर्वीचौकी ७ का २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।
सुदूरपश्चिमका ७८ जना संक्रमितमध्ये ७६ जना प्रदेशभित्रै रहेका छन् भने एक जना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भइरहेको छ। एक जना संक्रमितको मृत्यु भइसकेको छ भने ७ जना प्रदेशभित्रबाटै डिस्चार्ज भइसकेका छन्।