PahiloPost

May 9, 2026 | २६ बैशाख २०८३

विश्व बैंकले नेपाललाई दिने भयो १२ अर्ब ऋण, बैंकको कार्यकारी बोर्डद्वारा स्वीकृत



रासस

विश्व बैंकले नेपाललाई दिने भयो १२ अर्ब ऋण, बैंकको कार्यकारी बोर्डद्वारा स्वीकृत
Photo: GettyImages

काठमाडौं : विश्व बैंकले कोभिड-१९ संकट, विद्युत् क्षेत्रको सञ्चालन तथा वित्तीय क्षमता सुधारका निम्ति नेपाल सरकारलाई करिब १२ अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ।

बैंकको कार्यकारी बोर्डले विकास नीति ऋणअन्तर्गत बुधवार उक्त रकम नेपाललाई प्रदान गर्ने निर्णय गरेको हो। नेपालको ऊर्जा क्षेत्रबाट प्राप्त हुने आर्थिक विकासका सम्भावनालाई दृष्टिगत गरी बैंकले नीतिगत प्रमुख विषय, नियमन तथा संस्थागत सुधार गर्न ऋण स्वीकृत गरेको वासिङ्टनडिसीस्थित बैंकको प्रधान कार्यालयले जनाएको छ।

नेपालको अपार जलस्रोतको सर्वाधिक उपयोग गर्दै विद्युत्को क्षेत्रीय बजारमा बृहत् एकीकरण गर्न तथा नेपाल विद्युत् प्राधिकरणको वित्तीय क्षमता सुधार, प्राधिकरणको नियमन दायरा विस्तार, त्यसको स्वायत्तता, पारदर्शिता, जवाफदेहिता एवं पुनःसंरचनामा सघाउन ऋण रकम स्वीकृत गरिएको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell