PahiloPost

Sep 9, 2026 | २४ भदौ २०८३

काठमाडौं मेडिकल कलेजमा अप्रेशन गरेर टिचिङ रेफर गरिएका पुरुषको मृत्यु, देखियो कोरोना



पहिलोपोस्ट

काठमाडौं मेडिकल कलेजमा अप्रेशन गरेर टिचिङ रेफर गरिएका पुरुषको मृत्यु, देखियो कोरोना

काठमाडौं: काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचाररत् दोलखाका एक पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

काठमाडौं मेडिकल कलेजमा शल्यक्रियापछि उनलाई टिचिङ लगिएको थियो। १५ गते उनको स्वाब परीक्षण गरिँदा कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि उनलाई टिचिङ लगिएको थियो। आइसियुमा रहेका उनको बुधवार मृत्यु भएको हो।

यससँगै नेपालमा भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ जना पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell