काडमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या २ हजार तीन सय पुगेको छ।
पछिल्लो २४ घण्टामा चार हजार ९२४ को परीक्षण गर्दा २०१ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै संक्रमितको संख्या २३ सय पुगेको हो।
त्यस्तै कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ। काठमाडौं मेडिकल कलेजमा शल्यक्रिया भएका दोलखाका १ व्यक्तिको त्रिवि शिक्षण अस्पतालको आइसियुमा मृत्यु भएको हो।
आज भएको परीक्षणमा धनकुटाका एक जना, सप्तरीका १ जना, ताप्लेजुङका ३ जना, झापाका १ जना, पाँचथर १, सुनसरी ७ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्साका ७ जनामा संक्रमण पुष्टि भएको छ।
सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका १ जना र सल्यानका २ जनामा संक्रमण पुष्टि भएको छ।
सेती अस्पतालमा गरिएको परीक्षणमा कैलालीका पाँच जना र डोटीका २ जनामा संक्रमण पुष्टि भएको छ। रुपन्देहीको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ९५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका मध्ये कपिलवस्तुका ६७ जना रहेका छन्। त्यस्तै रुपन्देहीका २६ जनामा पनि संक्रमण पुष्टि भएको छ।
पाल्पाका २ जनामा पनि संक्रमण पुष्टि भएको छ। जनकपुरको प्रयोगशालामा गरिएको परीक्षणमा महोत्तरीका ९ जनामा संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्टठानमा गरिएको परीक्षणमा दैलेखका ६ र कालिकोटका कालिकोट ७ जनामा पनि संक्रमण पुष्टि भएको छश्र
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका ५, प्युठानका २ र सल्यानका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ४२ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका मध्ये धनुषाका १, कपिलवस्तुका २, काठमाडौं मेडिकल कलेज र टोखा ३ जना रहेका छन्। त्यस्तै नवलपरासी पश्चिमका ८, रौतहटका ११, रुपन्देहीका १ र सर्लाहीका १५ जनामा पना संक्रमण पुष्टि भएको छ। त्यस्तै सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाका १ जनाम पनि संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए।
हालसम्म ६४ जिल्लामा संक्रमण पुष्टि भएको छ।
यसैबीच हालसम्म २७८ जना संक्रमित उपचारपछि घर फर्किएका छन्। जसमध्ये प्रदेश १का ४८, प्रदेश २ का १०९, बागमतीका ३१, गण्डकीका ३, प्रदेश ५ का ८० र सुदुरपश्चिम प्रदेशका ७ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन्। जसमध्ये २२२ पुरुष ५६ महिला रहेका छन्। हालसम्म ८० हजार २६७ आरटी पीसीआर परीक्षण भएको छ।