PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

लक्षण नदेखिएका र हल्का लक्षण देखिएका कोभिड-१९ संक्रमित ‘होम आइसोलेसन’मा बस्न पाउने : मन्त्रालय



पहिलोपोस्ट

लक्षण नदेखिएका र हल्का लक्षण देखिएका कोभिड-१९ संक्रमित ‘होम आइसोलेसन’मा बस्न पाउने : मन्त्रालय

काठमाडौं : कोभिड-१९ का संक्रमित घरमै आइसोलेसनमा बस्न सक्ने भएका छन्। कोरोना संक्रमणको लक्षण नदेखिएका र हल्का लक्षण देखिएकाहरु घरमै आइसोलेसनमा बस्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयले आइसोलेसन सम्बन्धी निर्देशिका जारी गर्दै होम आइसोलेसनको मापदण्ड छुट्याएको छ। मापदण्ड पूरा भएमा स्वास्थ्यकर्मीले होम आइसोलेसनमा बस्न निर्देशन दिन सक्नेछन्। तर, घरमा बस्नका लागि पालना गर्नुपर्ने पक्षहरुको मन्जुनामा गर्नुपर्ने निर्देशिकामा उल्लेख छ।

होम आइसोलेसनमा बस्न कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएमा लक्षण नभएका (एसिम्प्टोम्याटिक), हल्का (माइल्ड), मध्यम भएको यकिन हुनुपर्छ।

‘हालसम्म कोभिड-१९ को महामारी भोगिरहेका अन्य देशको अनुभवबाट पाठ सिक्दै उपलब्ध अस्पतालहरूको सीमित क्षमतालाई समेत मध्यनजर गरी लक्षण तथा चिन्हहरु नभएका (एसिम्प्टोम्याटिक) र सामान्य लक्षण तथा चिन्हहरु भएका (माइल्ड) केशहरूको घरमै राखी व्यवस्थापन गर्न सक्ने देखिन्छ,’ निर्देशिकामा भनिएको छ।

जसका लागि तोकिएका मापदण्ड पूरा गर्नुपर्ने निर्देशिकामा उल्लेख छ। जसमा हावा खेल्ने तथा प्रकाश पर्याप्त आउने छुट्टै कोठा राख्ने, उपचार अवधिभर बाहिर ननिस्कने र आवश्यक सामग्री परिवारका सदस्यहरुमार्फत मगाउने, खानपिनमा सावधानी अपनाउनुपर्ने, छुट्टै शौचालयको व्यवस्था मिलाउनुपर्ने, दिनमा तीन पटक ज्वरो जाँच गर्नेलगायत उल्लेख छ।

यस्तो छ निर्देशिका :

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell