PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

फिल्म शुटिङ्गमा ६५ वर्षमाथिका कलाकारलाई प्रतिबन्ध, अमिताभदेखि अनिल कपूरसम्म बेरोजगार?



पहिलोपोस्ट

फिल्म शुटिङ्गमा ६५ वर्षमाथिका कलाकारलाई प्रतिबन्ध, अमिताभदेखि अनिल कपूरसम्म बेरोजगार?

भारतीय फिल्म उद्योग बलिउडमा फिल्मको छायांकन (शुटिङ्ग)मा ६५ वर्षभन्दा माथिको उमेरका कलाकारलाई प्रतिबन्ध लगाइएको छ।

वृद्धमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च हुने भएकाले फिल्मी दुनियाँको सहर मुम्बईको महाराष्ट्र सरकारले ६५ वर्ष उमेरका कलाकारलाई सुरक्षाका लागि दृष्टिकोणले शुटिङ्गमा रोक लगाउने निर्णय गरेको छ।

महाराष्ट्र सरकारले आउँदो २० जुनदेखि मुम्बईमा शर्तसहित फिल्मको शुटिङ्ग खुला गर्ने निर्णय गरिसकेको छ।

आफूमाथि रोक लगाएपछि ६५ वर्ष र सो माथि उमेरका कलाकारले आफ्नो करियरको चिन्ता गरेका छन्। उनीहरुले यो निर्णय उपयुक्त नभएको टिप्पणी गरेका छन्।

वरिष्ठ अभिनेता राजा मुरादले यो निर्णयमा आपत्ति जनाउँदै व्यवहारिक नभएको टिप्पणी गरेका छन्। फिल्‍ममा हिरोहिरोइनको आमाबुवाको रोलका लागि सिनियर कलाकार नै चाहिने उनको तर्क छ।

बलिउडमा अमिताभ बच्चनदेखि मिथुन चक्रवर्ती, प्रेम चोपड़ा, शक्ति कपूर तथा अनिल कपूरसम्म वृद्ध तर प्रख्यात कलाकार छन्। राजा मुरादले के अब अमिताभ बच्चनलाई पनि काम नगर भन्ने भनेर प्रश्न समेत गरेका छन्।

यो निर्णय संविधानविपरित भएको र उमेरलाई लिएर भेदभाव गरिएको मुरादको आक्रोश छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell