PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

रुकुम घटनामा नेकपाले भन्यो, ‘निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर, पीडितलाई राहत देउ’



पहिलोपोस्ट

रुकुम घटनामा नेकपाले भन्यो, ‘निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर, पीडितलाई राहत देउ’

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ। नेकपाका महासचिव विष्णु पौडेलद्वारा जारी विज्ञप्तिमा दोषीलाई कारबाही गरी पीडितलाई क्षतिपूर्ति दिलाउन माग गरेका हुन्।

‘हालै रुकुम पश्चिममा घटित घटनाले हामी सबैलाई गम्भीर र चिन्तित तुल्याएको छ। हाम्रो पार्टी उक्त वीभत्स, त्रासदीपूर्ण र आपराधिक कूकृत्यको घोर निन्दा र भर्त्सना गर्दछ। मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दछ र घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘शोकसन्तप्त परिवारजनमा हार्दिक समबेदना व्यक्त गर्दछ। उक्त घटनाको निष्पक्ष छानबिन गर्न, अपराधीहरूलाई कडाभन्दा कडा कारबाही गर्न र पीडितहरूलाई क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ।’

छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा जारी विज्ञप्तिमा नेकपाको आचारसंहितामा पार्टीका नेता कार्यकर्ताले जातीय समानताको मान्यतालाई आत्मसात गर्नुपर्ने र छुवाछुत जस्तो अपराधमा संलग्न व्यक्तिहरू पार्टीमा रहिरहन नसक्ने स्पष्ट व्यवस्था गरेको पनि उल्लेख गरिएको छ।

विज्ञप्तिमा नेकपा मुलुकको संविधान, कानुन र पार्टीको विधान एवं आचारसंहिताका आधारमा यस्ता कुप्रथालाई जरैदेखि निर्मूल गर्न कृतः संकल्पित रहेको जनाइएको छ। वास्तविक समानता र मानव गरिमा स्थापित गर्ने अभियानमा संलग्न हुन आह्वान पनि गरिएको छ।

गत जेठ १० गते रुकुम पश्चिम चौरजहारी वडा नम्बर ८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न गएका जाजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ का नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए। त्यस बेला केटी लाने पक्ष र केटी पक्षबीच झडप भएको थियो। ६ जनाको शव भेरी नदीमा भेटिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell