PahiloPost

Jul 21, 2026 | ५ साउन २०८३

डोटीमा थप दुई पुरुष र एक महिलामा कोरोना पुष्टि, प्रदेशभर संक्रमितको संख्या पुग्यो ८१



एम बम

डोटीमा थप दुई पुरुष र एक महिलामा कोरोना पुष्टि, प्रदेशभर संक्रमितको संख्या पुग्यो ८१

कैलाली : सुदूरपश्चिममा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप तीन जनामा कोरोना पुष्टि भएको हो।

दिउँसो पाँच जनामा पुष्टि भएकोमा अहिले थप तीन जनामा पुष्टि भएको हो। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ८१ पुगेको छ।

धनगढीमा गरिएको परीक्षणमा डोटीका थप तीन जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। थपिएका तीन जना डोटीको पुर्वीचौकी गाउँपालिका वडा नम्बर ४ की ४५ वर्षीया महिला, २७ वर्षीय पुरुष र वडा नम्बर ७ का २२ वर्षीय पुरुष रहेका छन्।

यसअघि, आजै पूर्वीचौकी ४ का २२ वर्षीय र पूर्वीचौकी ७ का २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो भने धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ५१ वर्षीय पुरुष, गौरीगंगा नगरपालिकाका २० र २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell