PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

६ वर्षकी बालिकाले जितिन् कोरोनालाई, श्वासनलीमा मासु पलाएर अस्पताल ल्याउँदा भएकी थिइन् संक्रमित



रासस

६ वर्षकी बालिकाले जितिन् कोरोनालाई, श्वासनलीमा मासु पलाएर अस्पताल ल्याउँदा भएकी थिइन् संक्रमित

काठमाडौं : महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड-१९ लाई पराजित गरेर ६ वर्षकी एक बालिका बुधवार घर फर्केकी छन्।

श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका लागि गत वैशाख ३० गते अस्पतालको नाक, कान तथा घाँटी विभागमा भर्ना भएकी कपिलवस्तु जिल्लाकी ती बालिकाको पीसीआर परीक्षणबाट कोरोना भाइरस पुष्टि भएपछि अस्पतालको आइसोलेसन भवनमा राखेर उपचार गरिएको थियो।

यही जेठ १२ र १७ गते दुई पटक पीसीआर गर्दा नेगेटिभ परिणाम आएपछि गत सोमवार निजको शल्यक्रिया गरिएको र त्यो सफलतापूर्वक सम्पन्न भएको अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेम खड्गाले बताए। शल्यक्रियापछि ती बालिकालाई श्वास फेर्न सहज भएको र कोरोनाबाट पनि मुक्त भई स्वास्थ्यलाभ भएकाले उनलाई बुधवार नै घर पठाइएको जानकारी उनले दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell