PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

टिचिङमा कोरोनाले ज्यान लिएका वृद्धको अन्त्येष्टि पशुपतिमा, शव व्यवस्थापनमा खटियो सेना

टिचिङमा कोरोनाले ज्यान लिएका वृद्धको अन्त्येष्टि पशुपतिमा, शव व्यवस्थापनमा खटियो सेना

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : कोरोना संक्रमणका कारण मृत्यु भएका ७६ वर्षीय वृद्धको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ। उनको शवलाई नेपाली सेनाको शव व्यवस्थापन टिमले आर्यघाट लैजाने तयारी गरेको छ।

काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचाररत् दोलखाका एक पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो।

काठमाडौं मेडिकल कलेजमा शल्यक्रियापछि उनलाई टिचिङ लगिएको थियो। १५ गते उनको स्वाब परीक्षण गरिँदा कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि उनलाई टिचिङ लगिएको थियो। आइसियुमा रहेका उनको बुधवार मृत्यु भएको हो।

यससँगै नेपालमा भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ जना पुगेको छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell