PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

उत्तर प्रदेशका मुख्यमन्त्री योगी भन्छन्, ‘नेपालले तिब्बत जस्तै गल्ती दोहोर्‍याउन हुँदैन’



पहिलोपोस्ट

उत्तर प्रदेशका मुख्यमन्त्री योगी भन्छन्, ‘नेपालले तिब्बत जस्तै गल्ती दोहोर्‍याउन हुँदैन’

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल र भारतबीचको सीमालाई लिएर हाल भइरहेको विवादका बारेमा बोलेका छन्। भारतको समाचार संस्था ‘आइएएनएस’सँगको साक्षात्कारमा योगीले नेपालले तिब्बतले जस्तै गल्ती दोहोर्‍याउन नहुने बताएका हुन्।

भारत र नेपाल दुई राजनीतिक प्रतिष्ठान भए पनि दुवैको आत्मा एउटै रहेको भन्दै योगीले भने, ‘ धेरै शताब्दीदेखि दुवै देशको सांस्कृतिक,ऐतिहासिक र पौराणिक सम्बन्ध छ। नेपालले यसलाई बिर्सन हुँदैन।’

आदित्यनाथले नै केही वर्षअघि नेपाललाई पुनः हिन्दु राज्य बनाउनुपर्छ भन्ने धारणा राखेका थिए। २०७३ सालमा अन्तर्राष्ट्रिय विराट हिन्दु महासंघको सम्मेलनमा सहभागी हुन नेपाल आएका उनले पृथ्वीनारायणले बनाएको नेपालको हिन्दु राष्ट्र नेपालको पहिचान समाप्त पार्ने प्रयास भइरहेको विवादास्पद अभिव्यक्ति दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell