PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोरोनाले मृत्यु भएपछि मृत्यु संस्कारमा बालक र ६० वर्षमाथिका सहभागी हुन नपाउने



पहिलोपोस्ट

कोरोनाले मृत्यु भएपछि मृत्यु संस्कारमा बालक र ६० वर्षमाथिका सहभागी हुन नपाउने

काठमाडौं : कोरोना संक्रमणबाट नेपालमा नौ जनाको मृत्यु भएकै दिन सरकारले कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी कार्यविधिको संशोधन सार्वजनिक गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २१ गते जारी गरेको नयाँ निर्देशिक अनुसार कोभिड १९ को कारण मृत्यु भएको शवको परम्परागत चली आएको अन्त्यष्टि गर्ने स्थानमा पनि विशेष सावधानी अपनाइ अन्त्यष्टि गर्नुपर्ने छ। यसो गर्दा मृतकको धर्म परम्पराको सम्मान गर्दै मृतकका परिवार र आफन्तलाई सुरक्षित राख्नुपर्ने उल्लेख छ।

आइसोलेसन वा आइसीयुमा भर्ना भएका विरामी कोरोनाका कारण मृत्यु भएको अवस्थामा पीपीईको प्रयोग गरे शव व्यवस्थापनाको काम अगाडि बढाउनुपर्ने उल्लेख छ। त्यसैगरी शवमा भएका सबै उपकरणहरु हटाउने, सबै घाउमा सोडियम हाइपोक्लोराइड सोलुसनले सफा गरी कटन तथा गजपिसले बन्द गर्न भनिएको छ। शवको नाक र मुखबाट तरल पदार्थ चुहावट रोक्नका लागि प्वालहरु बन्द गर्न निर्देशनमा उल्लेख गरिएको छ।

शवलाई अन्य समयमा झै सेतो कपडाले बेर्ने र शरीरबाट कुनै तरल पदार्थ चुहिरहेको भए डेडबडी ब्यागमा राख्नुपर्ने वा पानी नछिर्ने या प्लास्टिकले लपेट्नुपर्न उल्लेख छ। प्रयोग भएका सबै लत्ताकपडालाई बायो हेजार्ड वा प्लास्टिकको झोलामा राख्ने तथा झोलाको बाहिरी सतहमा सोडियम हाइड्रोक्लोराइडको झोलले सफा गर्नुपर्ने छ। साथै पुन: प्रयोगमा आउने घडी, गरगहनाहरु अल्कोहल ७० प्रतिशत भएको स्यानिटाइजरले पुछेर घाममा सुकाउनुपर्ने उल्लेख छ।

अस्पतालमा प्रयोग भएका सबै उपकरणहरु त्यसैगरी सफा गर्नुपर्ने उल्लेख छ।

मृतकका परिवारका सदस्यले शव हेर्न चाहेमा १ मिटरको दुरीमा पालैपालो सुरक्षा सामग्री प्रयोग गरी हेर्न दिने व्यवस्था गरिएको छ। मृतकलाई कम चलाउन भनिएको छ। हरेक प्रकृयापछि साबुनपानीले हात धुने वा स्यानिटाइजरले सफा गर्नुपर्ने उल्लेख छ।

मृतक राखेको सतहहरुलाई पनि त्यसैगरी सफा गर्नुपर्ने उल्लेख छ।

विरामीको घरमै मृत्यु भएको हो भने परिवारका सदस्य तथा संस्कारमा संलग्न व्यक्तिले सजगता अपनाउनुपर्ने बताइएको छ। यो प्रकृयामा बच्चा र ६० वर्षभन्दा माथिका व्यक्तिलाई समावेश गर्न रोक लगाइएको छ।

मृतकको शवसँग सम्पर्कमा नआइकन गरिने कुनै पनि धार्मिक विधिलाई रोक नलगाइने कार्यविधिमा उल्लेख छ।

शव बेवारिसे भएमा प्रचलित कानुनअनुसार अभिलेखीकरण गरी जतिसक्दो चाँडो जमीन मुनि गाड्न भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell