PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

त्यो फेक पोस्ट जसले भाइरल बनायो लिंग काटिएको विषय



पहिलोपोस्ट

त्यो फेक पोस्ट जसले भाइरल बनायो लिंग काटिएको विषय
प्रतीकात्मक फोटो।

काठमाडौँ : गत मंगलवार सुभाष श्रेष्ठको फेसबुक आइडीबाट फोटो र भिडियो पोस्ट भयो। त्यससँगै केही जानकारी लेखिएको थियो - घटना काठमाडौँ बौद्ध जोरपाटी क्षेत्रको। एक युवकले आफ्नो लिङ्ग हातले समातिरहेका थिए। उनको लिङ्ग वरपर रगत बगेको थियो। केही मानिसले उनलाई बोकेर प्राइभेट कारमा राख्दै थिए।

त्यो कार सुभाष श्रेष्ठले लकडाउनको समयमा मानिस एम्बुलेन्स सेवाबाट बन्चित नहुन भनेर सेवा दिइएको थिए। सेवा दिने क्रममा नै उनको कार मङ्गलवार बिहान ती घाइते युवकलाई लिन पुगेको थियो। तर, उनको फोटो र भिडियोको क्याप्सनमा 'श्रीमान् श्रीमतीको विवाद हुँदा श्रीमतीले लिङ्ग काटिदिएको' भन्ने थियो।

उनले पोस्ट गरेको केही समयमा नै भिडियो र फोटो सामाजिक सञ्जालमा भाइरल भयो। श्रीमान् श्रीमतीको झगडामा लिङ्ग काटिएको घटना सामान्य हुने थिएन। काट्ने मानिस कारबाहीको दायरमा आउने थियो। तर, यो फोटो र भिडियो भाइरल भइसक्दा प्रहरीलाई घटनाको पत्तै थिएन। प्रहरी कहाँ कहीँ कतै उजुरी समेत परेको थिएन।

घाइते युवकलाई महाराजगंजस्थित शिक्षण अस्पताल लगिएको थियो। अस्पतालले यस्तो प्रकृतिका घटनामा उपचार गर्नुअघि प्रहरीलाई जानकारी दिने गर्छ। तर, प्रहरीलाई खबर आएको थिएन। सामाजिक सञ्जालमा भाइरल भएपछि खबर प्रहरीसम्म पुग्यो।

महानगरीय प्रहरी वृत्त बौद्धले घटनाको खोजी गर्न लाग्यो। वृत्तका डिएसपी नवीन कार्की नै खोजीमा जुटे। जसले फेसबुकमा फोटो र भिडियो पोस्ट गरेका थिए उसैसँग प्रहरीले सम्पर्क गर्‍यो। घाइते युवकको आफन्तसँग पुगेर प्रहरीले अनुसन्धान गर्‍यो। तर, घटना फेसबुकमा श्रेष्ठले लेखेको जस्तो निस्किएन। उनी बिरामी भएको खुल्यो। लिङ्गमा हुने अरु नै कुनै प्रकारको रोगबाट संक्रमित थिए ती व्यक्ति। 'श्रीमतीले लिङ्ग काटिएको घटना होइन। बिरामी हुनुहुँदो रहेछ। रगत बगेर अस्पताल लगिएको हो,' वृत्तका डिएसपी नवीन कार्कीले भने।

अहिले यही घटना सामाजिक सञ्जालमा भाइरल छ। पहिलेका विदेशमा भएका लिङ्ग काटिएका तस्बिर जोडेर आफू खुसी व्याख्या गरेर टिकटक बनेका छन्। तर यता फेसबुकबाट गलत जानकारी दिने श्रेष्ठले भने त्यो फेसबुकको स्टाटस्ट हटाइसकेका छन्। र गल्ती भएको स्वीकारेका छन्।

त्यस दिन रगत बगेर विरामी भएको जानकारी आएपछि सुभाषले गाडी सहित आफ्ना दुई जना साथीलाई पठाएका थिए। त्यसपछि केही फोटो र भिडियो लिएर आए। अनि केही छिमेकीको कुराको आधारमा उनले फेसबुकमा फोटो र भिडियो पोष्ट गर्न हतार गरे। अहिले घटना अरुले भनेको जस्तो नभएपछि माफी मागेका छन्।

'हामीले केही समय अगाडि एउटा पोस्ट राखिएको थियो,जुन पोस्टमा त्यहाँको प्रत्यक्षदर्शी ले श्रीमान् श्रीमती को झगडा भएर भएको घट्ना भन्ने आएको कारण ले गर्दा त्यही पोस्ट गरिएको र अहिले वास्तविक नभएको भन्ने जानकारी हामीलाई आएको कारण उहाँहरू लाई आघात पुगेकोमा हामी क्षमा चाहन्छौ,' फेसबुकमा माफी मागेका छन्।

तर, उनले सुरुमा राखेको पोस्टकै आधारमा फेक घटनालाई सेयर गर्नेक्रम भने जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell