PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

श्रीलंकाका तीन खेलाडीमाथि म्याच फिक्सिङको आरोप, आइसिसीले जाँच गर्दै



पहिलोपोस्ट

श्रीलंकाका तीन खेलाडीमाथि म्याच फिक्सिङको आरोप, आइसिसीले जाँच गर्दै

श्रीलंकाका खेलमन्त्री दुलास अलहैपरुमाले तीन श्रीलंकन क्रिकेटरमाथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले अनुसन्धान गरिरहेको बताएका छन्। यद्यपि उनले ती खेलाडी देशका लागि खेलिसकेका खेलाडी हुन वा होइनन् भन्ने स्पस्ट पारेको छैनन्।

'खेल अनुशासन र यसको चरित्रमा कमी आएकोमा हामी खेद व्यक्त गर्दछौ,' मन्त्री अलहैपरुमाले भने।

यद्यपि श्रीलंकन क्रिकेट बोर्डले भने अहिलेको अवस्थामा देशका लागि खेलिरहेका कुनै पनि क्रिकेट खेलाडीमाथि म्याच फिक्सिङलाई लिएर छानविन नभएको स्पस्ट पारेको छ।

'क्रिकेट बोर्डलाई विश्वास छ कि खेल मन्त्रीले उल्लेख गरेका तीन खेलाडी जसको बारेमा अनुसन्धान सुरु गरेको भनिएको छ तिनीहरु अहिलेको राष्ट्रिय खेलाडी होइनन्,' बोर्डको विज्ञप्तिमा भनिएको छ।

त्यस्तै अघिल्लो हप्ताको खेलाडी सेहान मधुसुधन लागुऔषध प्रकरणबारे चर्चा गर्दै मन्त्री अलहैपरुमाले भनेका छन्,'यो दुखद हो। देशले उनीबाट धेरै अपेक्षा राखेको थियो।'

सेहान लागुऔषधसहित पक्राउ परेसँगै क्रिकेट बोर्डले उनको अनुबन्धन निलम्बन गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell