PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भीम रावल भन्छन् : अस्वीकृत पुरानै कुरा उठाउनु राष्ट्रहित विपरीत



पहिलोपोस्ट

भीम रावल भन्छन् : अस्वीकृत पुरानै कुरा उठाउनु राष्ट्रहित विपरीत

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य भीम रावलले राष्ट्रहित विपरीत संविधान संशोधन विधेयक दर्ता भएको आरोप लगाएका छन्। नेपाली कांग्रेस, समाजवादी, राजपा र राष्ट्रिय जनमोर्चाले संविधान संशोधनको प्रस्ताव दर्ता गराएका छन्।

निशान छापमा नक्सा राख्न संविधान संशोधन गर्न लागेका बेला पूरानै एजेण्डालाई अघि सारेर संविधान संशोधन गर्नु देशको अखण्डता विपरीत हुने रावलको तर्क छ।

ट्वीट गर्दै उनले देश विभाजित गर्ने र विदेशीले सहजै नागरिकता पाउने विषय अस्वीकृत भइसकेको दावी गरे।

'जातीय आधारमा देश विभाजित गर्ने,विदेशीले सहजै नागरिकता पाउने जस्ता नेपाललाई कमजोर पार्ने विषय कतिपयले संविधानसभा र आम निर्वाचनमा उठाउदा अस्वीकृत भए,'उनले लेखेका छन्,'देशको अखण्डताको रक्षार्थ नयाँ नक्शा राखेर निशान छापमा संशोधनको कुरा गर्दा जनताबाट अस्वीकृत पुरानै कुरा उठाउनु राष्ट्रहित विपरीत छ।'

मंगलवार कांग्रेसले संविधान संशोधनका लागि संसदमा गैर सरकारी विधेयक दर्ता गराएको थियो।

नेपाली कांग्रेसका तर्फबाट शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा दर्ता गरिएको विधेयक तत्कालीन एमालेले समर्थन नगरेपछि पारित हुन सकेको थिएन।

मधेश केन्द्रित दलको माग सम्बोधन गर्न विधेयक दर्ता भएको थियो। त्यही विधेयक नेपाली कांग्रेसले मंगलवार दर्ता गरेको हो।

सोमवार राजपा र समाजवादी पार्टीले पनि विधेयक दर्ता गराएका थिए। बुधवार राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग राख्दै संशोधन प्रस्ताव दर्ता गराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell