PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

लकडाउन लत्याउँदै गुच्चा टोलमा यसरी उघारियो सटर

लकडाउन लत्याउँदै गुच्चा टोलमा यसरी उघारियो सटर

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : सरकारले घोषणा गरेको लकडाउनको उल्लघन गर्दै न्युरोड गुच्चाटोलका पसलहरु खुलेका छन्। नेपाल राष्ट्रिय व्यवासयी महासंघले पसलहरु खोल्ने निर्णय गरेको थियो। आज बिहानै व्यवसायीहरु पसलमा पुगेर सटर उघारेका थिए।

उनीहरुले सरकारको लकडाउन मोडालिटीको विरोधदेखि कर तिर्न गरेको ताकेताको समेत विरोध गरेका थिए। हाम्रो तीन महिनाको पसल भाडा तिरेदेखि सरकार- कर तिर्न तयार छौं लगायतका नारा लगाउँदै उनीहरुले पसल खोलेका थिए। सरकारले ७३ दिनदेखि लकडाउन जारी राखे पनि लकडाउन बाहेक अन्य विकल्प खोज्न नसक्दा व्यापारीदेखि आम सर्वासधारण मर्कामा परेका छन्। त्यसैले अहिले देशभर सरकार र लकडाउनको विरोध भइरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell