PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

वीरगंजमा चौतर्फी दबाबपछि प्रशासनले गर्‍यो बजार खोल्ने निर्णय, बैंक पनि दिनभर खुल्ने



राधेश्याम पटेल

वीरगंजमा चौतर्फी दबाबपछि प्रशासनले गर्‍यो बजार खोल्ने निर्णय, बैंक पनि दिनभर खुल्ने

वीरगंज : वीरगंज लामो समयसम्म लकडाउनको कारण थलिएको उद्योग व्यापारलाई पुनः ट्रयाकमा ल्याउन स्थानीय प्रशासन राजी भएको छ। वीरगंज उद्योग वाणिज्य संघको पहलमा जिल्लास्थित संकट व्यवस्थापन केन्द्र पर्साले तोकिएको मापदण्ड पुरा गरी जेठ २३ गतेदेखि विभिन्न समयमा बजार तथा पसल सञ्चालन गर्ने गराउने निर्णय गरेको छ।

संकट व्यवस्थापन समितका सदस्य सचिव एवं पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जारी गरेको विज्ञप्ति अनुसार भोलि शुक्रवारदेखि लागु हुने गरी जोरबिजोर प्रणालीमा पसल सञ्चालन गर्नेलगायत ८ वटा निर्णय भएको जानकारी दिए।

जसमा औषधि पसल २४ घण्टा खोल्ने,बैंक तथा वितिय संस्था पनि पहिलेको नियमित समय अर्थात विहान १० बजेदेखि साझ ५ बजेसम्म सञ्चालनमा ल्याउन नेपाल राष्ट्र बैंक वीरगंज कार्यालय र बैकर्स एशोसियनलाई परिपत्र गर्ने, सिमित समयमा बैंक सञ्चालन हुँदा भीडभाड कम हुने तथा आर्थिक गविधि कम हुँदै आएको उद्योगी व्यवसायीको आग्रहपछि यस्तो निर्णय भएको हो।

त्यसैगरी, जोर दिनमा विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म कपडा, कस्मेटिक, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स लगायतका पसल खोल्न दिने निर्णय भएको छ। बिजोर दिन सोही समयमा हार्डवेयर, साइकल, मोटर तथा मोटर पार्टस, अटोवर्क्स, भाँडावर्तन, सुनचाँदी, फर्निचर तथा अन्य पसल खुल्ने छ।

त्यसैगरी विहान ५ बजेदेखि ९ बजे सम्म सधै अत्यावश्यक वस्तु, जस्तै खाद्य, किराना, ग्यास, दुध, पानी, तरकारी तथा फलफुल बिक्री वितरण गर्न दिइने छ। तर तरकारी र फलफूलको हकमा तरकारी मण्डीको सट्टा समाजिक दुरी कायम गरी बेच्ने वा होम डिलेभरी वा साइकल, बाइकमा घुमाएर बेच्ने निर्णय भएको हो।

प्रशासनले बढि भीडभाड हुने सिनेमा हल, जिम खाना, होटल, रेस्टुरेन्ट, मन्दिर, मस्जिद, गुम्बा, चिया पसल, नास्ता पसल, खाना पसल, मदिराजन्य पसल, मिठाई पसल, सैुलन, सार्वजनिक यातायातको साधनमा बस, मिनी बस, माइक्रो बस, टेम्पो, मोटरसाइकल, साइकललगायत सवारी पास नबोकेका सवारी सधानलाई पूर्ण रुपमा बन्द नै राखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell