PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

लकडाउन उल्लंघन गर्दै पसल खुल्न थालेपछि प्रशासनलाई तनाव : तीनवटै जिल्लाका प्रमुखको बैठक बस्दै



पहिलोपोस्ट

लकडाउन उल्लंघन गर्दै पसल खुल्न थालेपछि प्रशासनलाई तनाव : तीनवटै जिल्लाका प्रमुखको बैठक बस्दै

काठमाडौं : सरकारले घोषणा गरेको लकडाउनको उल्लघन गर्दै उपत्यकाभित्र पसलहरु खोल्न थालेका छन्। नेपाल राष्ट्रिय व्यवसायी महासंघले पसलहरु खोल्ने निर्णय गरेको थियो। आज बिहानै व्यवसायीहरु न्यूरोड, चावहिल, कोटेश्वर लगायत क्षेत्रमा पसलहरु खुलेका छन्।

उपत्यकाभित्र यसरी पसलहरु खुल्न थालेपछि स्थानीय प्रशासनलाई थप समस्या परेको छ। उपत्यकाभित्रका तीनवटै स्थानीय प्रशासनले छलफलका लागि बैठक बोलाएका छन्। आज बिहान ११ बजेको लागि बैठक बोलाएको जिल्ला प्रशासन कार्यालय भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलले बताइन्।

'लकडाउनलाई कसरी व्यवस्थित बनाउने र कार्यन्वयनमा लैजाने भन्ने विषयमा छलफल हुनेछ,' सिडिओ पाण्डेले भनिन्।

आज बिहान व्यपारीहरुले उनीहरुले सरकारको लकडाउन मोडालिटीको विरोध गरेका छन्। कर नीति समेतको विरोध गरेका छन् उनीहरुले। हाम्रो तीन महिनाको पसल भाडा सरकारले तिरेदेखि - कर तिर्न तयार छौं भन्दै विरोध गरेका हुन्। सरकारले ७३ दिनदेखि लकडाउन जारी राखे पनि लकडाउन बाहेक अन्य विकल्प खोज्न नसक्दा व्यापारीदेखि आम सर्वसाधारण मर्कामा परेका छन्। त्यसैले अहिले देशभर सरकार र लकडाउनको विरोध भइरहेको छ।

त्यस्तै आज दिउँसो नै लकडाउनको विषयमा छलफल गर्ने मन्त्रिपरिषद्को बैठक समेत बोलाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell