PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

बौद्ध जोरपाटीमा खुल्यो पसल: 'रहरले होइन कहरले पसल खोल्न बाध्य भयौँ'

बौद्ध जोरपाटीमा खुल्यो पसल: 'रहरले होइन कहरले पसल खोल्न बाध्य भयौँ'

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौँ: देश लकडाउनमा छ। कोरोना भाइरसको संक्रमण पनि बढिरहेको छ। व्यापार व्यवसाय बन्द छ। नागरिकहरुको जम्मा पुँजी सकिँदै गएको छ। घरभित्रै थुनिएका नागरिक सरकारले लकडाउनको विकल्प नसोचेको भन्दै विरोधमा उत्रिएका छन्।

लकडाउनको ७३ दिन पुग्दासम्म सरकारले मोडालिटी बनाउन नसकेको भन्दै व्यापारीहरुले उल्लंघन गर्ने थालेका छन्। मंगलबार जोरपाटीका व्यापारीहरुले सडकमा निस्किएर पसल खोल्न पाउनुपर्ने माग गरे। बिहीबार लकडाउन उल्लंघन गर्दै पसल खोले।

बौद्ध व्यापार संघको अगुवाइमा उनीहरुले पसल खोल्न थालेका हुन्। संघका अध्यक्ष दीपक चौलागाईँले आफूहरुले बाध्य भएर व्यवासाय सञ्चालन गर्नुपरेको बताए।

भने,'राज्यले लकडाउनको मोडालिटी तयार गरेर व्यवासाय सञ्चालन गर्ने पूर्वाधार नबनाएकाले हामी बाध्य भएर उल्लङ्घन गर्दैछौँ। हामी रहरले होइन कहरले यसो गर्न बाध्य छौँ।'

पसल सरसफाइ गर्दै भौतिक दूरी कायम गरेर व्यवसाय सञ्चालन गर्ने तयारी गरेको उनले बताए।

यस्तै, संघले केही दिनअघि जिल्ला प्रशासन कार्यालय काठमाडौँ र महानगरपालिकामा व्यवसाय सञ्चालन गर्न आवश्यक पहलका लागि पत्र पठाएको थियो। जसमा संघले धरभाडा र कर छुट गरिदिन पनि आग्रह गरेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell