PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

कास्टिङ डाइरेक्टर कृष कपूरको २८ वर्षमै निधन



पहिलोपोस्ट

कास्टिङ डाइरेक्टर कृष कपूरको २८ वर्षमै निधन

बलिउडका कास्टिङ निर्देशक २८ वर्षीय कृष कपूरको मुम्बईमा निधन भएको छ।

परिवारका सदस्यले बताएअनुसार कृषको ब्रेन हेमरेजका कारण निधन भएको हो। मामा सुनील भल्लाका अनुसार घरमै बेहोस भएर ढलेका कृषको तत्कालै निधन भयो।

कृषको मेडिकल हिस्ट्री छैन। उनी स्वस्थ थिए। ३१ मेमा अचानक बेहोस भएर लडेका उनको शरीरबाट रगत बग्न थाल्यो। लगत्तै संसार छाडे। उनका श्रीमती र ७ वर्षका छोरा छन्।

कृषले महेश भट्टको फिल्म ‘जलेबी’, कृति खरबंदा स्टारर फिल्म ‘वीरे की वेडिंग’मा काम गरेका थिए।

बलिउडमा यसअघि दुई वरिष्ठ कलाकारको निधन भइसकेको छ। इरफान खान र ऋषि कपूरले बलिउड तथा संसारलाई नै सधैका लागि बाईबाई गरेका थिए।

त्यसैगरी केही दिनअघि मात्रै संगीतकार वाजिद खानको पनि कोरोनाबाट निधन भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell