PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

बैतडीको क्वारेन्टाइनमा वितेकी महिलाको रिपोर्ट नेगेटिभ, परिवारलाई बुझाइयो शव



पहिलोपोस्ट

बैतडीको क्वारेन्टाइनमा वितेकी महिलाको रिपोर्ट नेगेटिभ, परिवारलाई बुझाइयो शव

धनगढी : गत मंगलबार क्वारेन्टाइनमा मृत्यु भएकी बैतडीकी २२ वर्षीया कमला लुहारको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

भारतबाट आएर जिल्लाको पुर्चौडी नगरपालिका–४ स्थित मालिका माविको क्वारेन्टाइनमा बसेकी उनको मृत्युपछि गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ देखिएको हो।

उनीसँगै रहेका उनका १८ महिनाका छोरा, श्रीमान् र अन्य एक जना पुरुषको पनि पीसीआर रिर्पोट नेगेटिभ आएको प्रदेशिक अस्पतालले जनाएको छ। चारै जनाको स्वाब संकलन गरी सेती अस्पताल धनगढी पठाइएको थियो।

मृतक महिलाको रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमै राखिएको शव आफन्तको जिम्मा लगाइएको छ। यता बुधवार डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर २ कि ३० वर्षीया महिलाको रिपोर्ट भने आउन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell