PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

बारामा पनि खुले उद्योग र पसल, लकडाउन खुकुलो



राधेश्याम पटेल

बारामा पनि खुले उद्योग र पसल, लकडाउन खुकुलो

वीरगंज : बारा प्रशासनले लकडाउनको मोडालिटीमा परिर्तन गर्दै उद्योग कलकारखाना, व्यवसाय एवं पसल खोल्न दिएको छ। जिल्ला सुरक्षा समितिको बैठकले हिजो बुधवारदेखि जेठ ३२ गते मध्यराति १२ बजेसम्म लागु हुनेगरी १२ दिनको लागि लकडाउन खुकुलो पारेको जनाएको छ।

समितिले संक्रामण रोग ऐन २०२० को दफा २ बमोजित ८ वटा निर्णय गर्दै बारामा उद्योग व्यवसाय सञ्चालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए।

लकडाउनका कारण उद्योग व्यवसाय धरासायी बन्दै गएको, चौतर्फी विरोध र आलोचना हुन थालेपछि लकडाउनको मोडालिटीमा परिवर्तन गरी तोकिएको मापदण्डभित्र उद्योग धन्दा सञ्चालन गर्न निर्णय भएको हो।

प्रशासनले आइतबार र मंगलबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कपडा, साइकल, मोटरसाइकल, मोटर तथा मोटर पार्टस्, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, रेडिमेड, कस्मेटिक, जुत्ता, चप्पल, सैलुन खोल्ने दिने निर्णय गरेको छ। सोमबार, बुधबार, शुक्रबार र शनिबार सोही समयमा किराना, खाद्यान्न, आलु, प्याज, किटनासक, बिउ बिजन, मलखाद लगायतका व्यवसायहरु र बिहीबार हार्डवेयर पसल, सुनचाँदी पसल, भाँडा बर्तन, टेलरिंग, फ्लोरिङ् र फनिर्सिङ् फर्निचर र अन्य पसल खोल्न दिने जनाएको छ।

हरियो तरकारी तथा फलफूल सधै विहान १० बजेसम्म र साँझ ५ बजेसम्म घुम्ती प्रणालीमा बिक्री वितरण गर्न गराउन व्यवसायीसँग आग्रह गरिएको छ।

उद्योग वाणिज्य संघ र किराना पसल संघको समन्वयमा समय तालिका बनाई जिल्लाको व्यवसायलाई अघि बढाउने निर्णय भएको छ ।

अतिआवश्यक सेवा जस्तै स्वास्थ्य, विद्युत, सञ्चार, खानेपानी, दुध, बैङ्क, फोहोरमैला व्यवस्थापन, इन्धनलगायत सधै नियमित समयमा सञ्चालन हुने निर्णय भएको छ।

सिमेन्ट, जस्ता पाता, कोइला, बिटुमिन तेल, क्लिंकर, निर्माण सामग्रीहरु ढुवानी गर्दा बजार क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ३ बजे बाहेकको समयमा ढुवानी गर्ने, माछा, कुखुरा, कुखुराको दाना, पशु आहारको ढुवानी बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म गर्नुपर्ने निर्देशन छ। त्यसैगरी, उद्योग तोकिएको मापदण्डभित्र मजदुरलाई उद्योग परिसरभित्र राखेर उद्योग चलाउने निर्देशन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell