PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

विदेशबाट आउने नेपालीका लागि भक्तपुरमा यसरी तयार भयो होल्डिङ सेन्टर

विदेशबाट आउने नेपालीका लागि भक्तपुरमा यसरी तयार भयो होल्डिङ सेन्टर

अमित मचामसी/पहिलोपोस्ट


भक्तपुर : सधैं पार्टी हुने इम्पेरियल व्यान्केटमा एकाएक नयाँ तुल टाँगिएको छ। शुभ विवाह या अन्य कुनै भोजको निमन्त्रणाको स्वागत तुल टाँगिने ठाउँमा राखिएको फ्लेक्समा लेखिएको छ - होल्डिङ एरिया, प्रदेश नम्बर १ भक्तपुर।

वाग्मती प्रदेशको भक्तपुर जिल्लामा रहेको इम्पेरियल व्यान्केट एन्ड इभेन्ट्समा टाँगिएको फ्लेक्सले जोसुकैलाई पनि सजिलै बुझाउँछ - यहाँ विदेशबाट ल्याइएका मानिसहरुलाई स्क्रिनिङका लागि राखिनेछ।

इम्पेरियल व्यान्केट्समा तुलमात्र होइन, होल्डिङका लागि सबै तयारी भएको छ। दुरी कायम गरेर पार्टी हुने हलमा मेचहरु तयार राखिएका छन्। बेडहरु पनि पङ्ति मिलाएर राखिएको छ। विदेशमा रहेका नेपालीलाई सरकारले ल्याउने तयारी अगाडि बढाएसँगै उनीहरुको व्यवस्थापन गर्नका लागि यसरी तयारी भएको हो।

सरकारले विभिन्न मुलुकमा रहेका नेपालीलाई फिर्ता ल्याउनका लागि सम्बन्धित दूतावासमार्फत् तथ्याङ्क संकलन पनि गरिरहेको छ। त्यसैका आधारमा यहाँ प्रदेश नम्बर १ का नागरिकहरुलाई भेला गरिनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell