PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

‘रजनीगंधा’ बनाउने बलिउडका वरिष्ठ निर्देशक बासु चटर्जीको निधन



पहिलोपोस्ट

‘रजनीगंधा’ बनाउने बलिउडका वरिष्ठ निर्देशक बासु चटर्जीको निधन

बलिउडका वरिष्ठ निर्देशक बासु चटर्जीको ९३ वर्षको उमेर बिहीवार निधन भएको छ। लामो समयदेखि अस्वस्थ चटर्जीको मुम्बईस्थित घरमै निधन भएको हो।

भारतीय फिल्म तथा टेलिभिजन निर्देशक संघका अध्यक्ष अशोक पण्डितले चटर्जीको निधनको पुष्टि गरेका छन्। उनका अनुसार आजै सांताक्रूजमा चटर्जीको अन्तिम संस्कार गरिनेछ। अध्यक्ष पण्डितले चटर्जीको निधन बलिउड उद्योगका लागि ठूलो धक्का भएको बताएका छन्।

चटर्जीले ‘छोटी सी बात’, ‘रजनीगंधा’, ‘बातों बातों में’, ‘एक रुका हुआ फैसला’, ‘चमेली की शादी’ जस्ता सफल फिल्मको निर्देशन गरेका छन्। भारतीय सिनेमामा उनको योगदान लामो छ।

१९६९ मा प्रदर्शनमा आएको फिल्म सारा आकाशबाट निर्देशकका रुपमा डेब्यु गरेका चटर्जीले यसै फिल्मबाट बेस्ट स्क्रीनप्ले विधामा फिल्मफेयर अवार्ड जितेका थिए।

उनले ‘पिया का घर’, ‘उस पार’, ‘चितचोर’, ‘स्वामी’, ‘खट्टा मीठा’, ‘प्रियतमा’, ‘चक्रव्यूह’, ‘जीना यहां’, ‘अपने प्यारे’, ‘शौकीन’, ‘सफेद झूठ’ फिल्मको पनि निर्देशन गरेका छन्। सन् १९७० देखि ८० दशकमा उनले बलिउडलाई निर्देशनमार्फत डोर्‍याएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell