
काठमाडौंः दैलेखमा बिहीबार एकैदिन ११३ जना कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा दैलेखका १०५ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको हो।
प्रतिष्ठानका अनुसार मुगका १ जनामा कोरोना पोजेटिभ देखिएको हो। दैलेखको नारायण नगरपालिकाका ६४ पुरुष र ५ महिलामा संक्रमण पुष्टि भएको छ। यस्तै देवलकाडाँका गाउँपालिकाका १२ पुरुषमा संक्रमण देखिएको छ। यस्तै सोतका ९ पुरुष, मानटाकुराका ७ पुरुष, साडुका २ पुरुष र भगनीका ५ पुरुषमा संक्रमण देखिएको छ।
यस्तै, प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषणमा भएको परीक्षणमा नारायण नगरपालिकाका ३ पुरुषमा संक्रमण पुष्टि भएको छ। नौमुले गाउँपापालिका १ र २ का ५ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।
यस्तै बासकोटका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मुगुको खत्याड गाउँपालिकाका एक जनामा पनि संक्रमण पुष्टि भएको छ। मुगुमा कोरोना संक्रमणको पहिलो केस हो। मुगुको ४८ नमूनामध्ये एक जनामा संक्रमण पुष्टि भएको हो।
*विवरण अपडेट गरिएको।