PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कोरोना ग्राफ बढाउँदै प्रदेश २ : रौतहटमा एकैदिन ६५ जनामा संक्रमण पुष्टि, बारामा थपिए ७ जना



राधेश्याम पटेल

कोरोना ग्राफ बढाउँदै प्रदेश २ : रौतहटमा एकैदिन ६५ जनामा संक्रमण पुष्टि, बारामा थपिए ७ जना

वीरगंजः प्रदेश २ मा कोरोना संक्रमण पुष्टि हुने क्रम जारी छ। बुधबार साँझसम्मका ६ हजार ४७ स्वाबको बाँकी रिपोर्टमध्ये रौतहटमा बिहीबार एकैदिन ६५ जना नयाँ संक्रमित थपिएका छन्। यस्तै बारामा ७ जना संक्रमित थपिएका छन्। यसअघि रौतहटमा ३१९ जना संक्रमित थिए। बारामा ५५ जना संक्रमित छन्।

पछिल्लो विवरण अनुसार रौतहटको इशनाथ नगरपालिकामा ४६, गुजरा नगरपालिकामा ८, गढीमाई नगरपालिकामा ७ तथा चन्द्रपुर, माधवनारायण र फतुवा विजयपुर नगरपालिकामा १/१ जना र दुर्गा भगवती गाउँपालिकामा एक जना संक्रमित थपिएका छन्।  

रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले उनीहरु हालै भारतबाट फर्किएको र स्थानीय क्वारेन्टाइनमा बसेको बताए।

यस्तै बिहीबार बाराको आदर्श कोतवाल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १ महिलासहित ७ जना नयाँ संक्रमित भेटिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए।

संक्रमित कोतवाल ४ का १२ र २३ वर्षका पुरुष छन्। यस्तै वडा नम्बर ५ का ८, ११,२०, २४, र ३० वर्षका पुरुष छन्। सोही वडाका ३० वर्षीय महिलामा पनि संक्रमण पुष्टि भएको छ। उनीहरुलाई आइसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell