PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

बारा र पर्साका १२ जना संक्रमित डिस्चार्जः घर फर्कनेमा दुई सेना, ६ प्रहरी र एक मिडियाकर्मी



पहिलोपोस्ट

बारा र पर्साका १२ जना संक्रमित डिस्चार्जः घर फर्कनेमा दुई सेना, ६ प्रहरी र एक मिडियाकर्मी

वीरगंजः बिहीबार बिहान पर्सा र बाराका १२ जना कोरोना संक्रमित उपचारपछि घर फर्केका छन्। गण्डक अस्थायी कोभिड अस्पतालमा उपचाररत पर्साका ३ जना डिस्चार्ज भएका छन्। यस्तै बारा पचरौता नगरपालिकाको क्वारेन्टाइनमा खटिएर संक्रमित भएका दुई सैनिक पनि डिस्चार्ज भएका छन्।

यस्तै कलैया अस्पतालबाट जिल्ला प्रहरी कार्यालयमा कार्यरत ६ जना प्रहरी डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा एक प्रहरी नायब निरीक्षक, एक प्रहरी सहायक निरीक्षक र चार जवान रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्र मण्डलले जानकारी दिए। उपचारपछि घर फर्कनेमा कलैयाको रेडियोमा कार्यरत मार्केटिङ अफिसर पनि छन्।

अब गण्डक अस्पतालमा २९ जनाको उपचार भइरहेको अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell