PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

उपत्यकाका प्रमुख जिल्ला अधिकारीको निर्णयः सुरक्षित तरिकाले पसल खुलाउन सरकारलाई आग्रह गर्ने



पहिलोपोस्ट

उपत्यकाका प्रमुख जिल्ला अधिकारीको निर्णयः सुरक्षित तरिकाले पसल खुलाउन सरकारलाई आग्रह गर्ने

काठमाडौंः लकडाउन जारी रहेका समयमा व्यापारीहरुले एकतर्फी रूपमा पसल सञ्चालन गर्न थालेपछि काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सामाजिक दूरी कायम गरेर बजार खोल्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ।

जिल्ला समन्वय समिति काठमाडौँमा भएको संयुक्त छलफलले सामाजिक दूरीसहितको स्वास्थ्य सर्तकता कायम गरी बजार सञ्चालन गर्ने अवस्था सिर्जना गराउने ढंगले लकडाउनलाई समन्वय गर्ने सम्बन्धमा सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो।

समन्वय समिति काठमाडौंका प्रमुख जनकराज दाहालले छलफलले व्यापारीहरुबाट प्राप्त सुझावका आधारमा व्यवसाय सञ्चालनका लागि विभिन्न मोडल तयार पार्दे सो मोडलमा व्यवसाय सञ्चालन गर्न लकडाउन खुकुलो बनाउनुपर्ने निष्कर्ष निकालेको बताए।

छलफलको निष्कर्षसहित व्यवसाय सञ्चालनका लागि आवश्यक निर्देशिका तयार गरेर लागू गर्न कोभिड १९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई सिफारिको रुपमा पठाइने उनले बताए।

छलफलमा व्यवसायीहरुले बिहान ११ बजेदेखि साँझ साढे ५ बजेसम्म उद्योग तथा बजार पसल सञ्चालनको वातावरण मिलाउन सुझाव दिएका थिए।

उनीहरुले दिन बिराएर पालैपालो सबै किसिमको उद्योग व्यवसाय र पसल सञ्चालनको व्यवस्था मिलाउन सुझाव दिएका छन्। शिक्षण संस्थान, धार्मिकस्थल, सिनेमा हल, जिमखाना, खेलकुदलगायत क्षेत्रबाहेक अत्यावश्यक सामान, मल,कृषि, कुरियर, सरकारी कार्यालय, निजी संघ संस्था, उद्योग, निर्माणसम्बन्धी कामको साथै सामाजिक दूरीसहितको सिट व्यवस्थापन गरी जिल्लाभित्र आन्तरिक रुपमा सार्वजनिक यातायातको साधन सञ्चालन गर्ने व्यवस्था मिलाउन व्यवसायीले जोड दिएका छन्।

लामो समयको लकडाउनले स्वास्थ्य चेतना र सर्तकताबारे व्यापक चेतना वृद्धि गरेकाले जीवनरक्षा मात्रै नभई जीवनयापनका लागि अर्थतन्त्रलाई चलायमान बनाउन सबै किसिमका व्यवसायलाई व्यवस्थित ढंगले संञ्चालनको प्रबन्ध गरिनुपर्ने बताए।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा बिहीबार राजधानीका सबै प्रकारका पसल खुलेपछि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले त्यसतर्फ चासो देखाउँदै व्यवसायीलाई छलफलमा बोलाएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell