PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

प्रदेश २ मा २४ घण्टामा १०२ जनामा कोरोना संक्रमण, १२२ जना उपचारपछि घर फर्किए



पहिलोपोस्ट

प्रदेश २ मा २४ घण्टामा १०२ जनामा कोरोना संक्रमण, १२२ जना उपचारपछि घर फर्किए

काठमाडौंः प्रदेश २ मा पछिल्लो २४ घण्टामा १०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये सबैभन्दा बढी रौतहट जिल्लामा छन्। रौतहटमा ६५ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै सप्तरीमा १२ जनामा संक्रमण पुष्टि भएको छ। बारा जिल्लामा ११ जना संक्रमण पुष्टि भएको छ।

त्यस्तै धनुषा जिल्लाका ६ जनामा संक्रमण पुष्टि भएको छ। आज संक्रमण पुष्टि भएकामध्ये महोत्तरी र सर्लाहीका तीन/तीन जना रहेका छन्। त्यस्तै पर्सा जिल्लामा एक जनामा संक्रमण पुष्टि भएको छ। प्रदेशमा १२२ जना संक्रमित उपचारपछि निको भएर फर्किएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell