PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

पहिलोपटक दिनमै तीन सय कटे कोरोना संक्रमितः मृतकको संख्या १० पुग्यो, स्वास्थ्य आपतकाल घोषणाको प्रस्ताव मन्त्रिपरिषदमा



पहिलोपोस्ट

पहिलोपटक दिनमै तीन सय कटे कोरोना संक्रमितः मृतकको संख्या १० पुग्यो, स्वास्थ्य आपतकाल घोषणाको प्रस्ताव मन्त्रिपरिषदमा

काठमाडौं: नेपालमा थप ३३४ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा ३३४ जनामा संक्रमण पुष्टि भएको छ।

जसमध्ये विराटनगरको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए।

त्यस्तै नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्साका १ जनामा संक्रमण पुष्टि भएको छ।

धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गरिएका १८ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये झापाका ३ जना सुनसरीको क्वारेन्टाइनमा रहेका ताप्लेजुङ र मोरङका एक/एक जनामा पनि संक्रमण पुष्टि भएको छ। त्यस्तै सप्तरीमा १३ जनामा पनि संक्रमण पुष्टि भएको छ।

प्रादेशिक प्रयोगशाला हेटौँडामा गरिएको प्रयोगशालामा बाराका ७ जना र सिन्धुली र राैतहटका एक/एक जनामा संक्रमण पुष्टि भएको छ।

पोखरामा गरिएको परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये बाग्लुङका १०, पर्वतका ४ र   म्याग्दीका १ जना रहेका छन्।

त्यस्तै सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा डोटीका तीन जनामा संक्रमण पुष्टि भएको छ। भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका ४२ जनामा संक्रमण पुष्टि भएको छ। धुलिखेल अस्पतालमा भएको परीक्षणमा कपिलवस्तुका १७ जनामा संक्रमण पुष्टि भएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको प्रयोगशालामा दाङका १५ जना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १०६ मा संक्रमण पुष्टि भएको छ। जसमध्ये दैलेखका १०५ र मुगुका १ जना रहेका छन्। मुगु आज संक्रमण थपिएको जिल्ला हो। त्यस्तै सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखकै ८ जनामा संक्रमण पुष्टि भएको छ।

कोशी अस्पतालमा गरिएको प्रयोगशालामा झापाका २ र खोटाङका ३ जनामा संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा ९३ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये बाराका ५, धुनषाका ६, कपिलवस्तुका १२ र रौतहटका ६४ जना रहेका छन्। त्यस्तै महोत्तरी र सर्लाहीका तीन/तीन जनामा संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा संक्रमितको संख्या दुई हजार ६३४ पुगेको छ। संक्रमितमध्ये दुई हजार ४५० पुरुष र १८४ जना महिला रहेका छन्।

हालसम्म प्रदेश १ का १२ जिल्लामा १९७ जना संक्रमित भएका छन्। प्रदेश २ का ९६३ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेश २ का सबै ८ जिल्लामा संक्रमण पुगेको छ।

वाग्मती प्रदेशका १२ जिल्लामा संक्रमितको संख्या ५९ पुगेको छ। गण्डकी प्रदेशका सात जिल्लाका ५३ जनामा संक्रमण देखिकएको छ। प्रदेश ५ का १२ जिल्लामध्ये ११ जिल्लामा संक्रमण पुष्टि भएको छ। यहाँ ८९८ जना संक्रमित छन्। कर्णाली प्रदेशका ६ जिल्लामा संक्रमण पुगेको छ। यहाँ ३८३ जनामा संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशका सबै ९ जिल्लामा ८१ जनामा संक्रमण पुष्टि भएको छ।

यसैबीच कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ। दुई दिन अगाडि पाल्पाको मिसन अस्पतालमा मृत्यु भएका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

संक्रमित मध्ये प्रदेश १ मा १४९ जना उपचाररत छन् भने ४८ जना उपचार पछि डिस्चार्ज भएका छन्। प्रदेश २ मा ८४३ जना संक्रमितको उपचार भइरहेको छ भने ११९ जना डिस्चार्ज भएका छन्। त्यस्तै यहाँ एक जनाको मृत्यु भएको छ।

२४ जना उपचाररत रहेको बागमती ३२ जना डिस्चार्ज भएका छन्। बागमती प्रदेशमा कोरोना संक्रमणको कारण तीन जनाको मृत्यु भइसकेको छ। गण्डकी प्रदेशमा हाल ५० जना संक्रमित उपचारका क्रममा छन्। यहाँका ३ जना संक्रमित डिस्चार्ज भएका छन्।

प्रदेश ५ का ८१६ जना संक्रमितको उपचार भइरहेको छ भने ७९ जना उपचारपछि डिस्चार्ज भएका छन्। त्यहाँ ४ जनाको मृत्यु भइसकेको छ।

कर्णाली प्रदेशमा ३८० जना संक्रमितको उपचार हुँदैछ। दुई जना डिस्चार्ज भएका छन्। एक जनाको मृत्यु भइसकेको छ। सुदूरपश्चिममा ७३ जना संक्रमित उपचाररत छन्। यहाँका ७ संक्रमित डिस्चार्ज हुँदा एक बालिकाको मृत्यु भएको छ। 

संक्रमितमध्ये २९० जना डिस्चार्ज भएका छन्। बिहीबार १२ जना डिस्चार्ज भएका हुन्। जसमा नारायणी अस्पतालबाट ५ जना, कलैया अस्पताल बाराबाट ७ जना डिस्चार्ज भएका छन्। हाल देशभर १ लाख ६१ हजार २३२ जना क्वारेन्टाइनमा रहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell