PahiloPost

Jun 15, 2026 | १ असार २०८३

कोशी अस्पतालको कोभिड केन्द्रबाट २७ जना डिस्चार्ज, अब १५ उपचाररत



अनन्तराज न्यौपाने

कोशी अस्पतालको कोभिड केन्द्रबाट २७ जना डिस्चार्ज, अब १५ उपचाररत

विराटनगर कोशी अस्पतालको कोभिड उपचार केन्द्रबाट बिहीबार ४ महिलासहित २७ बिरामी निको भएर घर फर्किएका छन्। 

डिस्चार्ज हुनेमा उदयपुर जिल्लाका १ महिला र २ पुरुष गरी ३ जना, झापाका ७ पुरुष, मोरङका १ महिला र ५ पुरुष गरी ६ जना, सुनसरीका ४ पुरुष, धनकुटाका २ पुरुष र २ महिला गरी ४ जना, खोटाङका १ पुरुष र सप्तरीका २ पुरुष छन्।

केन्द्रका संयोजक ज्ञानबहादुर बस्नेतका अनुसार अब केन्द्रमा १५ जना बिरामी उपचाररत छन्। सबैको स्वास्थ्य अवस्था सामान्य छ।

उपचाररत १५ जनामा सबैभन्दा बढी झापाका ८ जना र मोरङका १ महिलासहित ३ जना छन्। त्यस्तै उदयपुरका १ महिला, सोलुखुम्बुका १ पुरुष र संखुवासभाका २ पुरुष छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell