PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मन्त्रिपरिषद् वैठक सुरु, लकडाउनको मोडालिटीबारे निर्णय हुने सम्भावना कम



पहिलोपोस्ट

मन्त्रिपरिषद् वैठक सुरु, लकडाउनको मोडालिटीबारे निर्णय हुने सम्भावना कम

काठमाडौंः मन्त्रिपरिषद्को बैठक बालुवाटारमा सुरु भएको छ। लकडाउनका विषयमा निर्णय हुने बताइए पनि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यसबारे कुनै निर्णय नहुने जानकारी दिए।

थापाले आजको बैठक नियमित  भएकाले लकडाउनबारे परिमार्जनबारे निर्णय नहुने संकेत गरे। 'नियमित बैठक हो। लकडाउनबारे निर्णय त नहोला,' उनले भने।

बुधबार प्रधानमन्त्रीले विज्ञहरुसँग लकडाउनको मोडालिटीबारे छलफल गरेका थिए। जसमा मोडालिटी परिवर्तन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए।

जेठ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले ३२ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको थियो।

लामो समयसम्म लकडाउन हुँदा व्यापार व्यवसाय धरापमा परेको भन्दै स्वघोषित रुपमा उल्लङ्घन सुरु भइसकेको छ। लकडाउन पटक-पटक लम्ब्याए पनि सरकारले राहतको प्याकेज नल्याएको भन्दै पुनर्विचार गर्न सरकारमाथि दबाब छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell