PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

रोकिएन पर्साको नाका भएर भारततर्फ हुने गाँजा तस्करी, ५० किलो गाँजासहित ३ जना पक्राउ



राधेश्याम पटेल

रोकिएन पर्साको नाका भएर भारततर्फ हुने गाँजा तस्करी, ५० किलो गाँजासहित ३ जना पक्राउ

वीरगंज : मकवानपुरको मनहरीमा उत्पादित अवैध गाँजा पर्साको नाका भएर भारततर्फ हुने तस्करी अहिले पनि जारी छ। पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ सोनवर्षादेखि ४ किलोमिटर उत्तरमा पर्ने राष्ट्रिय निकुञ्ज भएर पटेर्वा र देउरिया टोल तर्फ ल्याउदै गरेको अवस्थामा ५० किलो गाँजासहित ३ जनालाई  निकुञ्जको सुरक्षार्थ खटेको नेपाली सेनाको टोलीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा पर्साको पटेर्वासुगौली१ महेन्द्रपुर बस्ने भुखल ठाकुर, वडा नम्बर ४ भतौडाका जयप्रकाश राउत अहिर र वडा नम्बर २ का रामचरण सहनी रहेको निकुञ्जका प्रवक्ता अशोक रामले जानकारी दिए। तीनै जनालाई बिहीवार आवश्यक करबाहीको लागि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा बुझाइएको छ।

पटेर्वा सुगौली गाउँपालिकाको मकवानी टोल, रामभौडी भाठा, सोनवर्षा बैरिया, पटेर्वा, देउरियालगायतका तस्करहरु विगत लामो समयदेखि गाँजा तस्करीमा संलग्न हुँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell