PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सुदूरपश्चिममा बिहीवार थप पाँच जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमितको संख्या पुग्यो ८६



एम बम

सुदूरपश्चिममा बिहीवार थप पाँच जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमितको संख्या पुग्यो ८६

कैलाली : सुदूरपश्चिममा बिहीवार थप पाँच जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप पाँच जनामा कोरोना पुष्टि भएको हो।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ८६ पुगेको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार धनगढी फुलबारीकी २५ वर्षीय युवती र २६ वर्षीय पुरुष, कैलालीको घोडाघोडी नगरपालिकाका ३२ वर्षीय पुरुष, अछाम साँफेबगरका २९ बर्षीय पुरुष र बझाङ विथ्थडचिरका २६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

सुदूरपश्चिमका ८६ जना संक्रमित मध्ये ८३ जना प्रदेशभित्रै रहेका छन् भने एक जना बझाङ र एक जना बाजुराका संक्रमितको कर्णाली प्रदेशमा उपचार भइरहेको छ। एक जना संक्रमितको मृत्यु भइसकेको छ। ७ जना प्रदेशभित्रबाटै डिस्चार्ज भइसकेका छन्।

हालसम्म सबैभन्दा बढि कैलालीका ३८ जना, अछामका १४, कञ्चनपुरमा १०, डोटीका १०, बैतडीका ६, बाजुराका तीन, बझाङमा दुई, डडेल्धुरा र दार्चुलाका एक/एक जनामा कोरोना पुष्टि भएको छ। अहिलेसम्म धनगढीको प्रयोगशालाबाट ६४, सुर्खेतको प्रयोगशालाबाट १२ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell