PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

वीरगंजमा नेविसंघले अर्थमन्त्री र मुख्यमन्त्रीको जलायो पुतला



राधेश्याम पटेल

वीरगंजमा नेविसंघले अर्थमन्त्री र मुख्यमन्त्रीको जलायो पुतला

वीरगंज : नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बिहीवार अर्थमन्त्री र मुख्यमन्त्रीको पुतला जलाएर संघीय र प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेको छ।

लकडाउनले जनता भोकभोकै बस्नु पर्ने अवस्था आइसक्दा पनि सरकार भने राहत दिनुको सट्टा कर असुल्नमा मात्रै व्यस्त भएको भन्दै नेविसंघले प्रदर्शन गरेको हो।

वीरगंजको घण्टाघर चोकमा भेला भएका विधार्थी नेता कार्यकर्ताले अर्थमन्त्री डा युवराज खतिवडा र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको पुतला जलाएका थिए। त्यसपछि दुवै तहका सरकार र मन्त्रीविरुद्ध नाराबाजी गर्दै आदर्शनगरमा पुगेका उनीहरुले कोणसभा गरेका थिए।

लकडाउनमा जनतालाई राहत दिनुको सट्टा सरकारले उल्टै कर असुल्ने ताकेता गरेर आहत दिएकोले प्रदर्शन गरिएको नेविसंघ पर्साका नेता विकास तिवारीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell