PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

६० वर्षमुनिका एकल महिलालाई भत्ता दिनेगरी संसदमा गैरसरकारी विधेयक, कांग्रेस सांसद पन्थले गरे दर्ता 



पहिलोपोस्ट

६० वर्षमुनिका एकल महिलालाई भत्ता दिनेगरी संसदमा गैरसरकारी विधेयक, कांग्रेस सांसद पन्थले गरे दर्ता 

काठमाडौँः नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले सामाजिक सुरक्षा ऐन संशोधन विधेयक राष्ट्रियसभामा दर्ता गरेका छन्। ६० वर्षमुनिका एकल महिला, अति अशक्त अपाङ्गता भएका व्यक्तिले पाउने सुरक्षा भत्ताको व्यवस्थालाई समेट्न पन्थले विधेयक दर्ता गरेका हुन्। गैरसरकारी विधेयक उनले दर्ता गरेका हुन्।

प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिले चालु अधिवेशनमा नै ऐन संशोधन प्रक्रिया अघि बढाउन गृह मन्त्रालयलाई केही दिनअघि निर्देशन समेत दिएको थियो। 

राष्ट्रियसभा नियमावलीको नियम ९४ बमोजिम गैरसरकारी विधेयक दर्ता भएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell