PahiloPost

Jul 18, 2026 | २ साउन २०८३

न काम, न माम, अनि सडक किनारा यसैगरी चल्दैछ जिन्दगी

न काम, न माम, अनि सडक किनारा यसैगरी चल्दैछ जिन्दगी

अमित मचामसी/पहिलोपोस्ट


भक्तपुर : गर्नका लागि काम छैन। तै पनि नाम्लो हातमा छुटेको छैन। आशा : केही मिली पो हाल्छ कि!

दैनिक श्रम गर्नेका लागि लकडाउनका दिनहरु बिजोग बनाएको छ। पाखुरीको बलले मेहनत गर्दै रोजीरोटीको गुजारा गर्नेहरुलाई न राहत छ न काम। त्यसो त स्थानीय निकायले काम दिने भन्दै खुवाउँदै आएको भात पनि सरकारले रोक्यो।

एकपटक बाँडेको चामलले कति दिन थेग्नु। अनि सितल ठाउँ खोज्दै सडक किनारातिर सुस्ताउनुबाहेक यिनीहरुले गरुन् पनि के? यी फगत मानिस होइनन्, चुनावका बेला यिनीहरु एक भोट हुन्। शहरीयाका लागि यी भरिया। सरकारका लागि सास्तीमात्र। देशको दृष्य यस्तै छ अहिले। मालिकहरु मौन छन्, दाशहरु मरिरहेका छन्। यसैगरी सुस्ताउनेमध्येकै एकजनाको ज्यान नै गइसक्यो, नाम्लो हातमा लिएकै ठाउँमा।

मानिस रोगको डरमा छन्। यिनीहरु भोकको। रोगले भन्दा भोकले मरिने भय। तर, गरुन् के?

लकडाउन खुकुलो होला र यसो एकाध भारी खेप्न पाइएला भन्नुबाहेक यिनीहरुसँग के नै छ र? अनि सडक किनारातिर पल्टिनु सिवाय गर्ने ठाउँ छैन।

किनकि भारी बोक्ने भरियाको यही हो जिन्दगानी...



ट्रेन्डिङ पोस्ट

Ncell