PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

लकडाउन उल्लङ्घन गर्ने सवारीको सङ्ख्या बढ्दै, बिहीवार मात्र १५ सय सवारी कारबाहीमा



पहिलोपोस्ट

लकडाउन उल्लङ्घन गर्ने सवारीको सङ्ख्या बढ्दै, बिहीवार मात्र १५ सय सवारी कारबाहीमा

काठमाडौः केही दिन यता सडकमा सवारीको चाप बढ्दै गएको छ। सरकारले घोषणा गरेको लकडाउन उल्लङ्घन गर्दै व्यापार व्यवसाय समेत सञ्चालनमा आउन थालेका छन्। लकडाउन उल्लङ्घन गर्दै गएपछि काठमाडौँ उपत्यकाभित्र प्रहरीले सवारी चेकिङ कडा बनाएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दैनिक १५ सय भन्दा बढी सवारी साधनलाई कारबाही गर्ने गरेको छ। सम्बन्धित निकायबाट जारी भएका पास बिना कुदाइएका सवारी साधनलाई नियन्त्रणमा लिने गरेको छ। बिहीबार मात्र ट्राफिक प्रहरीले १ हजार ६ सय ७७ वटा सवारी साधनलाई नियन्त्रण लिएको हो। १ सय ७० वटा चार पाङ्ग्रे सवारी साधनबाहेक अन्य दुई पाङ्ग्रे रहेको महाशाखाले जनाएको छ।

लकडाउन उल्लङ्घन गर्नेको सङ्ख्या बढेपछि कारबाही थप कडा बनाएको महाशाखाका एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell