PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

कोरोना संक्रमणले खराब मुलकको सूचीमा नेपालको छलाङ, पुग्यो ८५ औं स्थानमा



पहिलोपोस्ट

कोरोना संक्रमणले खराब मुलकको सूचीमा नेपालको छलाङ, पुग्यो ८५ औं स्थानमा

काठमाडौं : बिहीवार ३ सय ३४ नयाँ संक्रमित थपिएसँगै कोरोनाका कारण खराब मुलुकको सूचीमा नेपाल लगातार अगाडि बढेको छ। सबैभन्दा खराब अवस्थामा रहेको अमेरिका पहिलो स्थानमा छ भने छिमेकी मुलुक भारत सातौ स्थानमा रहेको छ।

नेपाल खराब अवस्थाको ८५ औं स्थानमा उक्लिएको छ। तीन दिन अघिसम्म नेपाल एक सयभन्दा पछाडि नै थियो। नेपालमा अहिलेसम्म २६ सय ३४ जनामा कोभिड १९ देखिएको छ। १० जनाको यसैका कारण मृत्यु भएको छ। मृत्यु भएकामध्ये दुई जनामा मात्र मृत्युपूर्व कोरोना संक्रमण रहेको थाहा भएको थियो। बाँकी ८ जनाको मृत्युपछि परीक्षण गर्दा कोरोना देखिएको थियो।

खराब मुलुकको सूचीमा नेपालको रफ्तार अरुको भन्दा बढी नै छ। किनकि अव्यवस्थित क्वारेन्टाइनहरु लगातार कोरोना संक्रमणको केन्द्रका रुपमा विकास भइरहेका छन्।

कोरोना संक्रमितको संख्यालाई हेर्ने हो भने नेपाल ग्रिस, एल साल्भाडोर, हैटीभन्दा पछिपछि रहेको छ। २ सय १५ मुलुक कोरोना संक्रमणबाट गुज्रिरहेका छन्। त्यसमध्ये ९७ मुलुकमा १ हजारभन्दा कम संक्रमित छन्।

संक्रमितको संख्याका आधारमा अमेरिका पहिलो स्थानमा छ। त्यहाँ अहिलेसम्म १८ लाख ७२ हजार ५ सय २८ जना संक्रमित देखिएका छन्। ब्राजिलमा ५ लाख ८४ हजार १६ जना संक्रमित छन्। रसियामा ४ लाख ४० हजार ५ सय ३८ जना संक्रमित छन्। बेलायतमा संक्रमितको संख्या २ लाख ४० हजार ६ सय ६० रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell