PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

तनहुँमा दुई जनामा कोरोना संक्रमण, गण्डकी प्रदेशमा पुगे ५६ जना संक्रमित



पहिलोपोस्ट

तनहुँमा दुई जनामा कोरोना संक्रमण, गण्डकी प्रदेशमा पुगे ५६ जना संक्रमित

काठमाडौः तनहुँ जिल्लामा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ।

ऋषिङ गाउँपालिका क्वारेन्टाइनमा रहेका दुई जनामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिएका छन्।

३९ र ४० वर्षीयका दुई पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ। अहिले तनहुँ जिल्लाको सरकारी अस्पतालमा रहेको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ। यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell