PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

एआइजीको बर्दी सहितको फोटो प्रयोग गरेर विज्ञापन बनाएकोमा एजेन्सीले माग्यो माफी



पहिलोपोस्ट

एआइजीको बर्दी सहितको फोटो प्रयोग गरेर विज्ञापन बनाएकोमा एजेन्सीले माग्यो माफी

काठमाडौँ : नेपाल प्रहरीका एआइजी शैलेश थापा क्षेत्रीको फोटो प्रयोग गरेर विज्ञापन बनाएको कम्पनीले माफी मागेको छ। सम्बन्धित व्यक्तिको अनुमतिबिना र प्रहरी नियमावली विपरीत बर्दीमा प्रहरीको फोटो प्रयोग गरेको भन्दै विज्ञापन एजेन्सी ब्रान्ड लजिक विज्ञप्ति जारी गर्दै माफी मागेको हो।

बिहीवार एआइजी शैलेश थापा क्षेत्री एक निजी कम्पनीको विज्ञापनमा देखिए। लक्ष्मी ट्रेडिङ हाउस विराटनगरको विज्ञापनमा एआइजी थापालाई देखाइएको थियो। विज्ञापन हिरो बाइकको थियो। तर, एआइजी थापाले आफूलाई थाहा नै नदिइ फोटो प्रयोग गरेकोमा आपत्ती जनाउँदै कानुनी कारबाहीमा जाने बताएका छन्।

विज्ञापन गर्ने लक्ष्मी ट्रेडिङ हाउसले भने विज्ञापन निर्माता कम्पनीले आफूलाई थाहै नदिइ डिजाइन गरेको बताएको छ। विज्ञापन निर्माता ब्राण्ड लजिकका सञ्चालक रोशन निरौलाले डिजाइनमा त्रृटि भएको स्वीकार गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell