PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

एम्बुलेन्सभित्र गैर बिरामी, साथमा १६ ग्राम ब्राउन सुगर



पहिलोपोस्ट

एम्बुलेन्सभित्र गैर बिरामी, साथमा १६ ग्राम ब्राउन सुगर

काठमाडौं : लकडाउनको समयमा अत्यावश्यक सवारी  दुरुपयोग बढ्दै गएको छ। एम्बुलेन्सले गैर बिरामीदेखि तस्करी समेत गर्ने गरेको घटना बाहिरिएका छन्। त्यस्तै दाङमा पनि एम्बुलेन्सले अवैध लागू औषधि बोकेको भेटिएको छ।

बिहीवार राति उद्योग वाणिज्य सङ्घद्वारा सञ्चालित र १ च ३८९ नम्बरको एम्बुलेन्समा रहेका गैर बिरामीको साथबाट १६ ग्राम ४ सय ५० मिल ग्राम ब्राउन सुगर फेला परेको हो। तुलसीपुर उप-महानगरपालिका वडा नम्बर १३ दमारगाउँ स्थित अस्थायी प्रहरी चेकपोस्टमा चेक गर्दा एम्बुलेन्समा सवार रहेका गैर बिरामीका साथबाट लागू औषध फेला परेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले घोराही उप-महानगरपालिका वडा नम्बर १५ बराला बस्ने शङ्कर घाँडे भन्ने शङ्कर पुन र तुलसीपुर उप-महानगरपालिका वडा नम्बर ५ बस्ने दीपा थापा र एम्बुलेन्स चालक दाङ दंगिशरण गाउँपालिका घर भएका तिलक विकलाई नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell